गृहपृष्ठ ∕ खेलकुद ∕ अभिषेकलाई मेयर कप ब्याडमिन्टन प्रतियोगिता मेन्स सिंगलकाे उपाधि अभिषेकलाई मेयर कप ब्याडमिन्टन प्रतियोगिता मेन्स सिंगलकाे उपाधि Sindhu Khabar मंसीर २३, २०७७ गते २१:२९ मा प्रकाशित चाैतारा । अभिषेक गुरुङले तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ को जिल्ला स्तरिय मेन्स सिंगलको उपाधि हात पारेका छन् । अाज भएकाे फाइनल खेलमा त्रिपुरा सुन्दरी गाउँपालिकाका अभिषेकले चौतारा साँगाचाेकगढी नगरपालिकाका सुरेन्द्र श्रेष्ठलाई हराउँदै गुरूङले उपाधि चुमेका हुन् । उनले चाैताराका श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गरे । पहिलो सेट २१–१९ ले जितेका अभिषेकले दोस्रो सेट २१–१५ ले जित्न सफल भए । जितसँगै अभिषेकले नगद ३० हजार तथा उपबिजेता सुरेन्द्रले नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । जिल्ला स्तरीय मेन्स सिंगलतर्फ सेमिफाइलनमा पराजित रमेश श्रेष्ठ र अजय तामाङले जनही ५ हजार प्राप्त गरे । आजनै भएको मेन्स डबल तर्फको पहिलो सेमिफाइनलमा प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले अजय तामाङ र राज कुमार तामाङको जोडीलाई २–१ सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । यस्तै, विहानै भएको दोस्रो मेन्स डबल सेमिफाइनलमा अभिषेक र युवराज अधिकारीको जोडीले सुरेन्द्र श्रेष्ठ र कैलाश घलेको जाडीलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा चलिरहेको प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिपर्धा सञ्चालन गरिएकाे आयोजकले जनाएको छ । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी… सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे