Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठखेलकुदबाह्रविसेमा नाईन ए साइड फुटबल प्रतियाेगिता हुने

बाह्रविसेमा नाईन ए साइड फुटबल प्रतियाेगिता हुने


बाह्रबिसे ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँतीमा जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियाेगिता हुने भएकाे छ । एक लाख एघार हजार एक सय ११ पुरस्कार राशीकाे काेमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियाेगिता हुन लागेकाे हाे ।
प्रतियाेगिता अाउँदाे पुस २२ बाट २८ सम्म चल्नेछ ।
सिन्धुपाल्चोकका स्थानीय तह बिच प्रतिष्पर्धा हुने प्रतियाेगितालाई नेपाली कांग्रेस खेलकुद विभागले अायाेजना गरेकाे हाे । जिल्ला खेलकुद बिकास समितिकाे प्राविधिक सहयाेगमा हुने उक्त प्रतियाेगितामा दाेस्राे हुनेलाई पचपन्न हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिनेछ ।
कुल नाै लाख रूपैयाँ लागत अनुमान गरिएकाे उक्त प्रतियाेगिताकाे अार्थिक व्यवस्थापन पुुर्व सूचना तथा सञ्चार मन्त्री माेहनबहादुर बस्नेतकाे परिवारले गर्ने छ । प्रतियाेगिताकाे उत्कृष्ठ खेलाडीलाई २० हजार नगद, हरृक खेलकाे म्यान अफ दि म्याचलाई पाँच हजार र ट्रफि प्रदान गरिने अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष बीरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका उत्कृष्ट गाेलरक्षक, डिफेण्डर, मिडफिल्डर र स्ट्राइकरलाई पनि नगद ५ हजार र ट्रफि प्रदान गरिनेछ ।
स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप प्रतियाेगिता अायाेजना गर्न लागिएकाे पूर्व मन्त्री बस्नेतले बताए ।
प्रतियाेगिताले महत्वपूर्ण भूमिका राख्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस