Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठखेलकुदव्याडमिन्टनमा ओपनतर्फ प्रकाश र रमेश, भेट्रानतर्फ नवराज र राजनको जोडी विजयी

व्याडमिन्टनमा ओपनतर्फ प्रकाश र रमेश, भेट्रानतर्फ नवराज र राजनको जोडी विजयी


खाडीचौर । सिन्धुपाल्चोक जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन् । उनीहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम बनेका हुन् ।

खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठले बाजी मारे । उनीहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम भए ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय रुपैयाँ प्रदान गरियो । विजयीहरुलाई वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गरे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस