Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठखेलकुद१,११,१११ रुपैयाँ राशीको मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

१,११,१११ रुपैयाँ राशीको मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै


चौतारा । सिन्धुपाल्चोकको चौतारामा राष्ट्रिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । तोप २१ को आयोजनामा मंसिर २१ गतेबाट मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।
पहिलो चरणमा सिन्धुपाल्चोक जिल्ला स्तरीय मेन्स सिंगल र मेन्स डबल तथा दोस्रो चरणमा राष्ट्रिय मेन्स सिंगल खेल सञ्चालन हुनेछ ।
तोप २१ का अनुसार जिल्ला स्तरीय मेन्स डबल विजेतालाई ४० हजार रुपैयाँ नगद र उपविजेतालाई ३० हजार नगद प्रदान गरिनेछ । त्यस्तै जिल्ला स्तरीय मेन्स सि.गलको विजेतालाई तीस हजार र उपविजेतालाई बीस हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
राष्ट्रिय स्तरीय मेन्स सिंगल विजेतालाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रवद्र्धक रहेको यो प्रतियोगितामा सहभागी जनाउन आयोजकले इच्छुक खेलाडीलाई आव्हान गरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस