Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठखेलकुदअब हेलम्बुमा पनि बञ्जी जम्प

अब हेलम्बुमा पनि बञ्जी जम्प


हेलम्बु् ।
जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा पनि अब साहसिकखेल बञ्जी जम्प सञ्चालन हुने भएको छ । अब बन्ने पुलबाट एक सय ७३ मिटर उचाईबाट साहसिक खेल बञ्जी जम्प गर्न पाइन भएको हो ।

हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बन्न लागेको पुलबाट बञ्जी जम्प खेल सञ्चालन गरिन लागिएको गाउँपालिकाले जनाएको छ ।

करिब ३९ लाखमा बन्ने पुलको ठेक्का सम्झौतासमेत भइसकेको छ । पुलको लम्बाई कुल तीन सय ७० मिटर लामो हुनेछ । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो ।

हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जी जम्प खेलाउने उद्धेश्यका साथ पुल निर्माण गरिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । बञ्जीको लागि गाउँपालिकाले गत वर्ष डा एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो ।
ह्योल्मो जातीप्को बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य अधिल्लो वर्षबाट सुरु भइसकेको छ । ‘पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो,’ गाउँपालिका अध्यक्ष शेर्पाले भने, ‘ झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी गरिनेछ ।
साहसिक खेल बञ्जी खेलाइने पुलले स्थानीय पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल िनर्माण भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदै आएको झण्डै पाँच घण्टाको समय बढीमा पाँच मिनेटमा पार गर्न सकिने गाउँपालिकाका सव—इन्जिनीयर शेरबहादुर राईले बताए । ‘अहिले जनताले सास्ती पाइरहेका छन्,’ उनी भन्छन्, ‘पुल बनेपछि यात्रा सहज हुन्छ, उकाली ओराली गर्नुपर्ने झण्झण्डबाट गाउँवासीले छुटकारा पाउनेछन् ।’

पुल निर्माणपछि त्यहाँबाट नजिकै रहेको सिमिसिदाङ हिमाल पनि देख्न सकिन्छ । मेलम्ची आनेपानी आयोजनाको अम्बाथानमा रहेको मुहानसमेत हेर्न पाइने हुँदा पर्यटक आकर्षित हुने गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले विश्वास गरे ।

कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस