Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठखेलकुदअमेरिकामा भएको भलिबलमा सिन्धु वेलफेयरका खेलाडी प्रथम

अमेरिकामा भएको भलिबलमा सिन्धु वेलफेयरका खेलाडी प्रथम


काठमाडौं । अमेरिकाको न्युयोर्कमा भएको रेडपाण्ड रेष्टुरेण्टद्धारा आयोजित भलिबल प्रतियोगितामा सिन्धु वेलफेयर सोसाइटीका खेलाडीहरुले प्रथम स्थान हासिल गरेका छन् । सोमबार न्यूयोर्कमा भएको प्रतियोगितामा सिन्धु वेलफेयरका खेलाडीले प्रथम स्थान हासिल गरेका हुन् ।

योसँगैं सिन्धु वेलफेयरका खेलाडीले दोस्रोपटक यो प्रतियोगिता जितेको सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष छिरिङ तेन्जिङ लामाले जानकारी दिए । यो प्रतियोगितामा नेपालका १४ टिमले भाग लिएका थिए । त्यस्तै भकिमिली टिमले दोस्रो स्थान हासिल गरेको छ ।

प्रथम हुने टिमले एक हजार डलर नगद र दोस्रो हुने टिमले ६ सय डलर नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ । अनुशासित खेलाडीमा भकिमी टिमका रन्द्र मगर, राम्रो खेलाडीमा सिन्धु वेलफेयरका सोनाम शेर्पा र लिफ्टरमा सिन्धुका खेलाडी सोनाम छिरीङ घोषित भए । उनीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस