बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदइन्द्रावतीमा सुविधासम्पन्न रंगशाला बन्ने

इन्द्रावतीमा सुविधासम्पन्न रंगशाला बन्ने


इन्द्रावती । इन्द्रावती गाउँपालिकामा खेलकुद रंगशाला बन्ने भएको छ । इन्द्रावती गाउँपालिका ५ ऐसेलुखर्कमा बन्ने रंगशालाको शुक्रबार गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले शिलान्यास गरेका हुन् ।

१५ करोड ५७ लाख १९ हजार ६६८ रुपैयाँ लागतमा निर्माण हुने रंगशाला तीन हजार जना मानिसहरु अट्न सक्ने क्षमताको हुनेछ । वल्र्डवाइड आर बी जे भी कम्पनीले निर्माण गर्न लागेको रंगशालामा एकातिर स्टील प्याराफिट, अर्कातर्फ स्टोन प्याराफिटको समेत निर्माण गरिनेछ ।

लेटिज जेन्स ट्वाइलेट, गार्ड रुम, चेन्जिङ रुम, अफिस, प्लेयर रुम, ल्याण्ड्स्क्यापिङ र पार्किङको सुविधासहितको रंगशाला बन्न लागेको हो आाठ महिनामा निर्माण सम्पन्न गर्ने रंगशालाको काम सुरु भइसकेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!