जुगल हर्टलाई त्रिपुरासुन्दरी भलिबल कप

धुस्कुन, १८ माघ ।
त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनको सुनकोसीमा भएको खुला भलिवल प्रतियोगितामा जुगल हर्ट यूथ क्लबले उपाधि कब्जा गरेको छ । आज(शनिबार) भएको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई हराउँदै जुगलले उपाधि हात पारेको हो । जुगलले मेलम्चीलाई २५–१८, २६–२४, २१–२५ र २५–२२ को सेटमा पाखा लगाएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा जितसँगै जुगलले नगद ७० हजार रुपैयाँ प्राप्त ग¥यो । दोस्रो भएको मेलम्ची नगरपालिकाले ४० हजार नगदमै चित्त बुझायो । १० टिम सहभागी भएको प्रतियोगितामा मेलम्ची नगरपालिकाका सरोज थापा बेस्ट स्पाइकर, जुगलका ज्ञानेन्द्र गुरुङ बेस्ट लिफ्टर र जुगलकै दिलबहादुर सुनार उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडी तथा टीमहरुलाई पूर्व सभासद राजकुमार श्रेष्ठले ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरे ।
माघको १५ गतेबाट चार दिनसम्म सञ्चालन भएको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ का अध्यक्ष सुकदेव रिसालले युवा जागरणको आवश्यकतालाई आत्म–साथ गर्दै ग्रामीण भेगमा रहेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुदको उच्च तह सम्म पुग्ने हौसला र प्रेरणा मिल्ने उदेश्यका साथ भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गादेवी नेपालले खेल मनोरञ्जनका लागि मात्रै नभई समाज विकासको एउटा चरण भएको बताइन् । यस्ता खेलुकद प्रतियोगिता आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कोशेढुंगा सावित हुने जनाउँदै आगामी दिनमा बजेट बढाएर खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अग्रसर हुने उनको भनाई थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस