Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठखेलकुदबलेफीमा म्याराथुन : तामाङले मारे बाजी

बलेफीमा म्याराथुन : तामाङले मारे बाजी


बलेफी, १८ माघ ।
भ्रमण बर्ष २०२० का अवसरमा बलेफी गाउँपालिकास्तरीय खुला दौड(म्याराथुन) प्रतियोगितामा सानुकान्छा तामाङ प्रथम भएका छन् । बलेफी गाउँपालिकाको सहयोग तथा चिम्लिङ युवा समाजको आयोजनामा भएको म्याराथुनमा ३५ प्रतिष्पर्धीलाई उछिन्दै तामाङ प्रथम भएका हुन् ।
शनिबार विहान भएको प्रतियोगितामा जीतबहादुर पराजुली(रेशम) द्धितीय भएका छन् । त्यस्तै दौडमा तेजबहादुर तामाङले तृतीय स्थान हासिल गरे ।
बलेफी बजारदेखि बलेफी ८ को नयाँपुलसम्मको ९ किलोमीटर दुरीमा बलेफी गाउँपालिकाभित्रका ८ वटै वडाका गरि ३६ जना सहभागी भएका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुनेहरुलाई बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले क्रमशः १० हजार, ५ हजार र ३ हजार प्रदान गरे । प्रतियोगितामा ३५ बर्ष माथिकाले मात्र सहभागिता जनाएका थिए । दौडमा सहभागीमध्ये सवैभन्दा ज्येष्ठ सहभागी बलेफी ७ का ४६ बर्षिय चित्रखर पराजुलीलाई पनि पुरस्कृत गरियो ।
भ्रमण बर्षलाई सफल बनाउनका लागि यस्ताखालका कार्यक्रमले सघाउ गर्ने बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । भ्रमण बर्षलाई लक्षित गर्दै पहिलोपटक गाउँपालिकास्तरीय दौड प्रतियोगिता गरिएको हो ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस