जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुदै

बाह्रविसे, ९ माघ ।
बाह्रविसे नगरपालिका–२, कर्थलीमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । माघ १० र ११ गते कर्थलीमा जिल्लाका करिब दुई सय जना तेक्वान्दो खेलाडीको सहभागितामा छैटौैं सिन्धुपाल्चोक जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्र्रतियोगितामा जिल्ला तेक्वान्दो संघ अन्तर्गतका १२ टिमका खेलाडी सहभागी हुन लागेको प्रतियोगिताका संयोजक गंगा तामाङले बताए । ‘विभिन्न २० तौल समुहमा दुईसय भन्दा बढी खेलाडी सहभागी हुनका लागि आजै खेलाडीहरु कर्थली आउदैछन्,’ तामाङले भने, ‘प्रतियोगितामा बाह्रविसे, कुविण्डे, चौतारा, चौतारा जुगल, चौतारा हिराहरी, सानोसिरुवारी, खाडीचौर, तातोपानी, मान्द्रा, किस्टोन सहित कर्थली क र ख समूहले सहभागिता जनाउनेछन् ।’
प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लामा तेक्वान्दो खेल भिœयाई विगत २३ वर्षदेखि लगातार तेक्वान्दो खेलमा सक्रिय भई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक समेत हात पारेका प्रेम भण्डारीलाई सम्मान गरिने कार्यक्रमसमेत छ । भण्डारी तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष हुन् । कार्र्यक्रममा राष्ट्रिय ख्यातीप्राप्त कपन टाइगरको डेमोस्ट्रेसन समेत रहनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस