गृहपृष्ठ ∕ खेलकुद ∕ त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुँदै त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता हुँदै Sindhu Khabar माघ ६, २०७६ गते १४:१३ मा प्रकाशित धुस्कुन, ६ माघ । त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनको सुनकोसीमा खुला भलिवल प्रतियोगिता हुने भएको छ । गाउँपालिकामा पहिलोपटक त्रिपुरासुन्दरी खुल्ला भलिबल प्रतियोगिता गरिन लागिएको हो । माघको १५ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको वडाअभ्यक्ष सुकदेव रिसालले जानकारी दिए । उनले यूवा जागरणको आवश्यकतालाई आत्म–साथ गर्दै ग्रामीण भेगमा रहेका खेलाडहीरुलाई राष्ट्रिय खेलकुदको उच्च तह सम्म पुग्ने हौसला र प्रेरणा मिल्ने उदेस्यका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफि मेडल र प्रमाण पत्रको साथमा नगर ७० हजार पाउनेछन् । प्रतियोगितामा दोश्रो हुने टिमले ट्रफि मेडल र प्रमाण पत्र सहित नगद ४० हजार पाउनेछन् । साथै उत्कृष्ट ३ विधाका खेलाडीहरुलाई मायाँको चिना दिने आयोजकले जनाएको छ । माघ १३ गते सम्म टिम दार्ता आधिकारिक व्यक्ति वाट गराई सक्नु पर्ने छ । सिन्धुपाल्चोक जिल्ला स्तरीय विभागीय टिमले समेत टिम दर्ता गरि खेल खेल्न पाईने छ । अन्तर पालिका स्तरीय खुल्ला भलिवल प्रतियोगीता भएको हुदाँ १ टिममा ४ जना भन्दा वढी बाह्य खेलाडी समावेस गर्न नपाईने आयोजकले जनाएको छ । जसका लागि खेलाडीहरुको परिचय खुल्ने कागज पत्र टिम दर्ता गर्दा नै पेश गर्नु पर्ने गरी नियम बनाईएको छ । त्रिपुरा सुन्दरी खुल्ला भलिवल प्रतियोगीता २०७६ मा आफ्नो गाउँपालिका भित्रको टिमलाई सहभागी गराई खेल कुदको क्षेत्रमा हौसला प्रदान गर्न गाउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले आग्रह गरेका छन् । क्याटेगोरी : खेलकुद, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चुनाव तयारीमा हाेमियाे निर्वाचन कार्यालय खेलकुद मन्त्री तामाङलाई गृह जिल्लामा अवराेध मेलम्चीकी थापा सेनामा प्रतिविद्राेह तथा जंगल युद्धकलाकाे तालिम गर्ने पहिलाे… चाैतारा, लामाेसाँघु, बाह्रबिसे क्षेत्रमा भाेलि ८ घण्टा बत्ती जाने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ५उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८नेकपा फुटको असर सिन्धुका पत्रकारमा पनि, को कता ?