आईतबार, फागुन ४, २०८१
गृहपृष्ठखेलकुदभदौरे गणेश कप : सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्यो

भदौरे गणेश कप : सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्यो


सानोसिरुवारी, २८ पुस।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मा जारी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । सर्वाधिक पुरस्कार राशी रहेको प्रतियागितामा रामेछाप, नुवाकोट, चितवन र सिन्धुली सेमिफाइनल प्रवेश गरेका हुन् ।
रामेछापले सिन्धुपाल्चोकलाई र नुवाकोटले मकवानपुरलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । त्यस्तै ललितपुरलाई सिन्धुलीले र धादिङलाई चितवनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको भलिवल प्रतियोगिता भदौरे गणेश सामाजिक संस्थाले गरेको हो । नेपाने युथ क्लबको सह आयोजक रहेको छ । भ्रमण वर्ष २०२० को सफलताको लागि सिन्धुपाल्चोकसहित चौतारा साँगाचोकगढी नगरपालिका र सानोसिरुवारी क्षेत्रका पर्यटकीय महत्वका सम्पदाको प्रचारप्रसार गर्नका लागि यो प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रदेश भित्रका १३ मध्ये ११ जिल्ला सहभागी भएको आयोजक संस्थाका अध्यक्ष रविन गौतमले बताए । रसुवा र काठमाण्डौं बाहेक सबै जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका थिए ।
प्रतियोगितामा प्रथम हुने टीमले दुई लाख दुई हजार बीस रुपैंया नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टीमले भने एक लाख एक हजार दश रुपैंया नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । जिल्लाकै ठूलो धनराशी पुरस्कार भएको सो प्रतियोगितामा खेलभरिकै उत्कृष्ठ खेलाडी तथा विधागत उत्कृष्ठ खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।
सिन्धुपाल्चोक जिल्लामा यति धेरै जिल्ला सहभागी भएको यो भलिबल प्रतियोगिता हालसम्मकै ठूलो प्रतियोगिता पनि हो । प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई आवास तथा खानाको व्यवस्था समेत आयोजक संस्थाले नै व्यहोरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!