गृहपृष्ठ ∕ खेलकुद ∕ महानगरकप : चौतारा उपाधि नजिक महानगरकप : चौतारा उपाधि नजिक Sindhu Khabar पुस २४, २०७६ गते २२:१५ मा प्रकाशित काठमाण्डौं, २४ पुस । महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको फाइनलमा चौतारा साँगाचाृकगढी नगरपालिका उपाधि दौडमा पुगेको छ । महालक्ष्मी नगरपालिकालाई हराउँदै चौतारा फाइनल प्रवेश गरेको हो । फाइनलमा आयोजक ललितपुर महानगरपालिका र चौतारा नगरपालिका भिड्ने भएका छन् । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा कमलामाई नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । ललितपुरले कमलामाईलाई २५–१५, २५–१५ र २५–८ को सेटमा पराजित गर्दै चौतारासँगको भेट पक्का गरेको हो । चौताराले पहिलो सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको थियो । उपाधि नजिक पुग्ने क्रममा चौताराले महालक्ष्मीलाई २५–१४, ३५–३३, १८ –२५ र २५–१७ को सेटमा पराजित गर्यो । महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने छन् । महिला र पुरुष दुवैको फाइनल खेल शुक्रबार हुनेछ । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् क्याटेगोरी : खेलकुद ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा बाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा काेमलमाया-खड्ग बस्नेत स्मृति कप, मेलम्चीको विजयी सुरूवात मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ६चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ७महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ८फेरि बन्द हुने भयाे ताताेपानी नाका