स्वर्णपदकधारी कुसुमलाई सम्मानको ओइरो

चौतारा, २१ पुस ।
तेह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा कराँते खेलबाट स्वर्ण पदक विजेता खेलाडी कुसुम खड्का विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । राष्ट्रका लागि स्वर्ण दिलाएको भन्दै गृह जिल्ला सिन्धुपाल्चोकसहित राजधानीमा सम्मान गरिएको हो ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाकी खड्कालाई राजधानीस्थित शंखमुल डोजो, ग्लासियर कलेजले सम्मान गरेको थियो । स्वर्ण पदक जितेर सिन्धुपाल्चोकको नाम उच्च गरेको भन्दै जिल्लाका विभिन्न संघ संस्थाहरुले पनि उनलाई सम्मान गरेको छ । जलवायू दिवशको मूल समारोहमा जिल्ला समन्वय समितिले मेलम्ची नगरपालिकाको गुफाडाँडामा, श्रीकृष्ण रत्न गंगा माध्यमिक विद्यालयले आफ्नो ७३ औं बार्षिकोत्सवमा सम्मान गरेको हो ।
त्यस्तै गृह गाउँ रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ को कार्यालय, श्री सिद्धि कमलादेवी माध्यमिक विद्यालय र कालिका सामुदायिक वन उपभोक्ता समितिले उनलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रको र पूर्व विद्यार्थी रहेको भन्दै सम्मान गरेको प्रधानाध्यापक पुष्कर रायमाझीले जानकारी दिए । उनलाई विद्यालयको ५९ औं बार्षिकोत्सवमा सम्मान गरिएको थियो । उनलाई जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सम्मान पत्र प्रदान गरे ।
क्याटेगोरी : खेलकुद, समाज
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस