Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठखेलकुदभारतमा टिम सिन्धुपाल्चोकले पायो ६ स्वर्णसहित १० पदक

भारतमा टिम सिन्धुपाल्चोकले पायो ६ स्वर्णसहित १० पदक


चौतारा, २१ पुस ।
भारतको आसन्सोल सहरमा भएको प्रथम अन्तर्रा्ष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता र इन्डो नेपाल् अन्तर्रा्ष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोक तेक्वान्दो टिम उत्कृष्ट नतिजा सहित नेपाल फिर्ता आइपुगेको छ ।
प्रतियोगितामा टिम सिन्धुपाल्चोकले ६ स्वर्णसहित १० वटा पदक जित्न सफल भएको छ । जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीका अनुसार प्रशान्त भण्डारीले एक स्वर्ण र एक काँस्य, मञ्जु खड्काले २ स्वर्ण, सुजता पराजुलीले २ स्वर्ण, अञ्जु खड्काले एक स्वर्ण र एक रजत अभिशेख बस्नेतले दुई रजत प्राप्त गरेका छन् ।
अध्यक्ष भण्डारी प्रतियोगिताको उत्कृष्ट कोचको अबार्डबाट सम्मानित समेत हुन सफल भए । भुटान , बङलादेस, नेपाल् र भारत का गरि ४० टिम को सहभागितामा ६०० जना भन्दा बढी खेलाडी हरुले भाग लिएका थिए


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!