Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठखेलकुदप्रतियोगिताका लागि सिन्धुका तेक्वान्दो खेलाडी भारत प्रस्थान

प्रतियोगिताका लागि सिन्धुका तेक्वान्दो खेलाडी भारत प्रस्थान


चौतारा, ९ पुस  ।

प्रथम अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने सिन्धुपाल्चोक तेक्वान्दो टिम (सिन्धु टाइगर )लाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ का अध्यक्ष बेदबहादुर श्रेष्ठले बिदाइ गरेका छन् । अध्यक्ष श्रेष्ठले एक कार्यक्रमका बीच ट्रयाकसुट बितरण गर्दै खेलाडीलाई विदाई गरेका हुन् ।

२७ डिसेम्बरदेखि २९ सम्म भारतको असन्सोल सहरमा हुने प्रतियोगितामा २५ केजी तौल समुहमा अभिषेक बस्नेत ३३ केजीमा प्रशान्त भन्डारी ४६ केजीमा अन्जु खड्का ४९ केजीमा मन्जु खड्का र ५२ केजी तौल समूहमा सुजाता पराजुलीले प्रतिस्पर्धा गर्ने सिन्धुपाल्चोक तेक्वान्दो  संघका अध्यक्ष एवं टिम कोच प्रेमबहादुर भण्डारीले जानकारी दिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस