बुधबार, असोज ६, २०७८
गृहपृष्ठखेलकुदस्वर्णपदकधारी कुसुम भन्छिन् : ‘देशका लागि अझै धेरै गर्नुछ’

स्वर्णपदकधारी कुसुम भन्छिन् : ‘देशका लागि अझै धेरै गर्नुछ’


चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कराँतेबाट स्वर्ण जितिन् । १२ वर्षको उमेरबाट कराँतेखेलमा प्रवेश गरेकी उनले स्वर्ण जित्दै जन्मभूमि सिन्धुपाल्चोक र नेपालकै नाम राखिन् । न्यून आयस्रोत भएको परिवारमा जन्मिएकी उनलाई कराँते खेल्नका लागि सुरुआती चरणमा सामग्रीकै अभाव थियो । देशको नाम चम्काउन अझै धेरे मेहनत गर्ने बताउने उनै स्वर्णपदकधारी खड्कासँग सिन्धु खबर डट कमका लागि किशोर बुढाथोकीले गरेको कुराकानीको सार संक्षेप । (संं.)
खेल क्षेत्रमा कहिलेबाट र किन लाग्नुभयो ? प्रेरणाको स्रोत?
त्यतिबेला म १२ वर्षकी थिएँ, साथीहरु कराँते खेल्ने गरेको देखेको थिए । उनीहरुले खेलेको देखेपछि मलाई रहर लागे । अनि यो खेलतर्फ आकर्षित भएँ ।
 किन कराँते खेल नै रोज्नुभयो? अरू र यसमा फरक के छ?
मलाई यस्तो खेलप्रति निकै रुची थियो । तर अरु खेल र यो बारे फरक थाहा थिएन, साथीहरु खेलेकै भएर म यो खेलमा लागेको हो ।


 तपाईलाई यो सफलता हात पार्न सक्छु भन्ने लागेको थियो या थिएन ? कसरी ? ््््
मलाई यो खेल सुरु गर्दा नै राष्ट्रिय गेम खेल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो, मेहनत मैले धेरै नै गरेको हो । यो सफलता नै मेरो मेहनत जस्तो लाग्छ । जब राष्ट्रिय गेम खेल्न थालें त्यो बेला देखि नै साग खेल्न पाए हुने भन्ने लाग्थ्यो, मेरो लक्ष्य नै त्यही थियो । तयारी पनि सागका लागि मेहनत गरेको थिएँ । पछि छनोट पनि भएँ त्यतिबेलै खुशी लागेको थियो मलाई । छनोट त भए अब कसरी देशका लागि जिताउनु भन्ने अर्काे चुनौति म माति त थिये नै । किनकि छनोट भएर मात्रै हुँदैन । त्यहाँ गएपछि देशका लागि खेल्नुपर्ने हुन्छ । चुनौति धेरै थियो ।
देशको लागि गएको हो । खेल हो के हुन्छ भर हुँदैन । डर त मनमा थियो नै । जित्छु भन्ने मनमा ढुक्क चाँहि थियो । सफतला हुन्छ भन्ने केही सोचेको थिएँ । किनकि मैले कडा मेहनत गरेको थिएँ । मेहनत अनुसार सफल भएँ । अझ धेरै गर्नुछ देशका लागि ।
पारिवारिक अवस्था र सहयोग कस्तो रह्यो?
आर्थिक हिसावले म न्यून परिवारमा जन्मेको मान्छे हो । खेल क्षेत्रमा मेरो रुची बढेपछि परिवारले सहयोग नगरेको भए म यहाँसम्म आइपुग्ने थिइँन । मलाई सहयोग गर्नुहुने, परिवार, आफन्त, गाउँवासीm साथी, विद्यालय, गुरुजनमा नमन गर्दछु । अझै यो भन माथि पुर्याउन सहयोग हुनेछ भन्ने आश छ । किनकि मैले देश चिनाउनु छ। जिल्ला, गाउँ चिनाउनुछ । खेल क्षेत्रबाट आफ्नो जन्मभूमि, मातृभूमि चिनाउने कुनै कसरत बाँकी राख्ने छैन ।
 जीवन र खेलकुदको सम्बन्ध बारे के भन्नुहुन्छ?
साँच्चै भन्नुपदौ खेलकुद मेरो लागि शान हो । मेरो प्रतिष्ठा, इज्जत हो । मेरो खासमा जीवन हो । खेलकुदले जिन्दगीमा धेरै सिकाउँछ जुन अरु विधाले भन्दा बढी सिकाउँछ जस्तो मलाई लाग्छ । लगनशील, विकास अनि अनुशासन खेलकुदमा छ । खेलकुदले आत्मरक्षा पनि गराउँछ । जीवनका हरेक कुरामा खेलकुदले नै अघि बढ्न सिकाउँछ जस्तो मलाई लाग्छ ।
.यो १३ औं सागमा स्वर्ण जितेपछि सुरूमा कस्लाई सम्झनुभयो? किन?
म स्वर्ण जित्ने सपना, कल्पना, भरोसा, विश्वास अनि आँटमा साग खेल्न गएकी हुँ । जब जिते मैले जन्म दिने आमाबाबालाई सम्भेंm । आमा बाबा कै कारण म यहाँसम्म छु । उहाँकै देन हो यहाँ सम्म आइपुग्नलाई । धेरै सहयोग गर्नुभयो उहाँहरुले । अनि गुरु, साथीहरु, आफन्त सबैको साथ छ सागको स्वर्ण जित्न । किनपनि धने मैलै जति उल्लेख गरे उहाहरुको साथ सहगोग, आशिर्वाद नभएको भए सायद मेरो मेहनतले मात्रै यो सफलता चुम्ने थिइन होला ।
सागमा छनोट हुन्छु भन्ने कत्ति विश्वास थियो ?
छनोटमा धेरै डर थियोे । यसकै लागि मेहनत गरेको थिएँ । यही सपना बोकेर हिँडेको मान्छे छनोटकै असफलता भो भन्ने मनमा डर धनै थियो । यसका लागि निकै तालिम गरें । दुःख गरे । मेहनत गरें । र छनोट भएँ । त्यतिबेला निकै खशुशी भएँ । तर देशका लागि पदक ल्याउनुपर्छ भन्ने चुनौति अर्काे थियो । तर गेममा नडराई खेले । र जिते ।


छनोट हुँदा कस्तो लाग्यो ?
एकदमै गर्व लाग्यो । म पनि देशका लागि लड्दैछु । देशको इज्जत बनाउने मेरो काँधमा जिम्मा आएको छ भन्ने भयो । यो मेरो हालसम्मकै जीवनको सुखद सम्झना हो । अझ स्वर्ण जितेपछि आफुनो देशको राष्ट्रिय गीत बज्दा निकै गर्व अनुभव भयो ।

खेलकुदमा कहाँसम्म पुग्ने लक्ष्य छ, कसरी लक्ष्य प्राप्ति गर्ने सोचमा हुनुहुन्छ ?
एउटा सानो भएपनि सपना पूरा गरेजस्तै लाग्छ सागमा स्वर्ण जितेपछि । यो गेम जितेपछि थप उर्जा आएको छ । अरु गेम अनि प्रतियोगिता खेल्ने जोस बढेको छ ।अब यो भन्दा माथि जानु पर्छ भन्ने लागेको छ । देशका लागि खेलबाट यो भन्दा धेरै गर्नुछ । आँट थप पलाएको छ । विश्वास सबै नेपालीको जित्नु छ । विशेष मेरो जिल्लावासीलाई थप खुशी पार्नु म छ । यसका लागि म यो भन्दा धेरै मेहनत गर्छु । जिल्ला र देशवासीको विश्वासलाई अनि म प्रतिको माया, प्रेम,आर्शिवाद र विश्वासलाई मर्न दिने छैन ।
 खेल क्षेत्रको बिकास, संरक्षणका लागि राज्यले के गर्नुपर्ला?
खेलकुदको अझै विकास गर्नु जरुरुी छ । अन्तररतष्ट्रिय प्रतियोगितामा धेरै भन्दा धेरै खेलाडी नेपालले सहभागी गराउन जरुरी छ । धेरै सहभागी गराउँदा अनुभव बढ्छ । तर, उहाँहरुलाई आवश्यक तालिम, साथ सहयोग राज्यले गर्नु्पर्छ । खेलकुदको विकासका लागि सेवा सुविधा राम्रो हुन् जरुरी छ । जसकारण खेल क्षेत्रमा नेपालीको चासो बढोस् ।
 खेल्न सुरू गरेदेखि हालसम्म के कस्ता समस्या, चुनौति आईपरेको छ ? त्यसलाई कसरी समाधान गर्नुभयो ?
खेल्न रहर त गरियो । आर्थिक समस्या नै बाधक बनेको हो । आवश्यक सामग्री किन्न निकै गाह्रो भयो । सुरुमा खेलेर पैसा नआउने रैछ किन खेल्नु भन्ने कुराहरु पनि आए । कराँतैमै लाग्न थालेपछि मैले छोड्न सकिन । यत धेरै त खेलिसकें अब छोड्न हुन्न भन्ने लागेर समस्याको सकभर समाधान गर्दै निरन्तरता दिइरहें । र, त यो सफलता चुमेकी छु ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!