गृहपृष्ठ ∕ खेलकुद ∕ पीपलडाँडाकी कुसुम र जेठलकी काजललाई सागमा स्वर्ण पीपलडाँडाकी कुसुम र जेठलकी काजललाई सागमा स्वर्ण Sindhu Khabar मंसीर १९, २०७६ गते १७:२१ मा प्रकाशित चौतारा, १९ मंसिर । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाकी कुसुम खड्का र लिसंखुपाखर गाउँपालिका जेठलकी काजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । पीपलडाँडाकी खड्काले कराँते र जेठलकी श्रेष्ठले तेक्वान्दोमा स्वर्ण जितेका हुन् । स्वर्ण जितेसँगै जिल्लाको शान बढाएकी कुसुमले ४५ केजी तौल समूह अन्तर्गत कराँतेको फाइनलमा बंगलादेशकी प्रतिद्वन्दिलाई पाखा लगाउँदै स्वर्णपदक जितेकी हुन भने काजलले ४६ केजी समूहको तेक्वान्दोको फाइनलमा भारतीय खेलाडिलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् । पीपलडाँडाका राजकुमार खड्काको पुत्री कुशुम २०५४ सालमा जन्मेकी हुन । प्रारम्भिक शिक्षा पीपलडाँडाकै श्री सिद्धिकमला माविबाट सुरु गरेकी थिइन् । हाल उनी बौद्ध स्थित महेन्द्र माविमा अध्ययनसँगै कराँतेतर्फ प्रशिक्षण लिँदै गइन् । उनी त्रिभूवन आर्मी क्लबमा कार्यरत छिन् भने स्तनातकसम्मको अध्ययन पुरा गरिसकेकी छिन् ।खड्का १२ वर्षको उमेरदेखि नै कराते खेलमा लागेकी थिइन् । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी… सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ७यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे