बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदपाँच पोखरी सुपर ८ क्रिकेटको उपाधि शृङखलालाई

पाँच पोखरी सुपर ८ क्रिकेटको उपाधि शृङखलालाई


मेलम्ची, १५ मंसिर । 
तेस्रो संस्करणको जीत बहादुर खड्का स्मृती पाँचपोखरी सुपर(८ क्रिकेट प्रतियोगिताको उपाधि शृङखला क्रिकेट क्लब छिम्तीले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा २ पटकको उपाधि बिजेता आयोजक पाँचपोखरी क्रिकेट क्लब लाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर फिल्डिङ गरेको शृङखलाले कसिलो बलिङ गर्दै पाँचपोखरीलाई सात ओभर ५ बलमा अल आउट गर्दै ७५ रनमा रोकेको थियो । ७६ रनको लक्ष्य लिएर जवाफि ब्याटिङ गरेको शृङखलाले ३ बल बाँकी छदै लक्ष्य पुरा गरेको थियो । फाइनल खेलको म्यान अफ द म्याच शृङखला क्रिकेट क्लबका जंग बहादुर तामाङ घोषित भएका छन् । सेमिफाइनलमा शृङखलाले भोताङ युथ क्रिकेट क्लब र आयोजक पाँचपोखरीले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट बलर सिन्धु लायन्स क्रिकेट क्लबका एकनाथ नेपाल, उत्कृष्ट ब्याटस्म्यान भोताङ युथ क्रिकेट क्लबका अरुण तामाङ, उदयिमान खेलाडि समाज कल्याण युवा समुहका निशान्त धिताल र प्रतियोगिताको उत्कृष्ट खेलाडि जंग बहादुर तामाङ घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षण गर्न पाउनेछ भने थप ३ उत्कृष्ट खेलाडीले काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा निशुल्क प्रशिक्षण गर्न पाउनेछन् ।
प्रतियोगिताको बिजेता बनेको शृङखला क्रिकेट क्लब छिम्तिले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपबिजेता बनेको आयोजक पाँचपोखरी क्रिकेट क्लबले ३५ हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको बिजेता खेलाडिहरुलाई पुर्ब कानुन मन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिकाका प्रमुख टासि लामा लगायतले पुरस्कार बितरण गरेका थिए ।
पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा आयोजित जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा जिल्लाका १२ टिमको सहभागिता रहेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!