बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदभोटेकोसीमा वाटर च्यालेन्जमा होन्जा हावेले बिजयी

भोटेकोसीमा वाटर च्यालेन्जमा होन्जा हावेले बिजयी


सुकुटे, १३ मंसिर ।
भोटेकोशीमा भएको अन्तराष्ट्रियस्तरको ‘ हिमालयन् ह्वाइट वाटर च्यालेन्जसिप २०१९’ को प्रतियोगीतामा होन्जा हावेले (चेक) ले बिजयीको मेडल उचालेको छ । मंगलवारदेखि सुरु भएको नेपाल ¥याफ्टीङ एसोसियशन (नारा)को आयोजनामा भोटेकोशी ‘वाटर च्यालेन्जसिप ’ प्रतिस्पर्धामा चेक प्रथम भएको हो । नेपाल ¥याफ्टीङ एसोसियशन नाराका अध्यक्ष गंगाप्रसाद नेपालकाअनुसार स्लालेम,बोर्डरक्रस, डाउन रिभर रेसदेखि स्प्रिन्ट र कर्पोरेट राफ्ट रेस गरी ५ विधाको स्पर्धा भएको थियो । १५ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखीले अनेक विधामा ¥याफ्टर गाइडबाट भोटेकोशीमा ‘¥याफ्टीङ’ गर्दै प्रतिस्पर्धा गरेको उनले जानकारी दिए ।
‘वाटर च्यालेन्ज’का खेलाडीका प्रथम चेकले ५० हजार, द्वितिय सुरज गुरुङ (नेपाल) ३० हजार र तृतिय रेमोण्ड चिण्डनी टिटोभन (फ्रान्स) ले २० हजारसहित मेडल र प्रमाणपत्र पाए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर गरिएको एडभेन्चरमय प्रतियोगिता पूर्व मन्त्री तथा सांसद अग्नी सापकोटा, जनप्रतिनिधि र नारा,टानका प्रतिनिधिले बिजेता टिमलाई पुरस्कार वितरण गरे । सुरुवाती चरणमा स्लालेम खेलबाट सुरु भएको वाटर च्यालेन्जसिप , बोर्डर क्रसको उदघाट्न बलेफी र चौतारा सा“गाचोकगढी नगरका जनप्रतिनिधिले गरेका थिए । विदेशी तथा स्वदेशी निर्णायक मण्डलले सम्पूर्ण विधामा निश्चित समयमै आउनेलाई अंक दिएका थिए ।
विश्वमा साना ठूला गरी ६ हजार नदीनाला रहेका छन् । त्यसमध्ये दश उत्कृष्ट नदी एडभेन्चरको लागि चुनिएका छन् । जसमा भोटेकोसी र सुनकोसी सातौ उत्कृष्ट तहमा परेको छ । प्लाराग्लाइडिङ,क्यानोनिङ, ¥याफ्टीङ ,माउन्टेन बाइक राइडिङ, ट्रेकिङ,सफारी,टुर ,टिकेटिङ देखि सहासिक मानिएको बन्जीजम्प गर्न लाखौ पर्यटक नेपाल आउने गरेका छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!