Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठखेलकुदभोटेकोसीमा ‘वाटर च्यालेन्जसिप’

भोटेकोसीमा ‘वाटर च्यालेन्जसिप’


सुकुटे, ११ मंसिर ।
भोटेकोशीमा अन्तराष्ट्रियस्तरको ‘दि हिमालयन् ह्वाइट वाटर च्यालेन्जसिप २०१९’ को प्रतियोगीताको प्रथम खेल सकिएको छ । नेपाल ¥याफ्टीङ एसोसियशन (नारा)को आयोजनामा भइरहेको प्रतियोगीताको सुरुवाती ‘स्प्रिड वाटर बोर्ड रेस’को खेलमा ६६ टिम कायकले प्रतिस्पर्धा पुरा गरे । कायकले प्रतियोगीतामा तोकिएको चार वटा निर्धारित निश्चित समयभित्रै ‘ वाटर स्प्रिड रेस’ सकेर फर्केका छन् ।
नेपाल ¥याफ्टीङ एसोसियशन नाराका अध्यक्ष गंगाप्रसाद नेपालकाअनुसार मंगलबारदेखि सुरु भएको प्रतियोगीता बिहिवारसम्म चल्नेछ । ‘बिहिवार एकै पटक सबै टिमको समय र प्रतियोगीताको यर्थाथ विवरण मुल्यांकन गरेर बिजेता तोकिनेछ,’उनले भने ।
२००२ देखि विश्वका विभिन्न देशमा प्रतियोगीहरु सहभागी गराइ वार्षिक रुपमा नेपाल पर्यटन बोर्डको सहकार्यमा नाराले प्रतियोगिता गरिरहेको छ । कायक एक्सट्रम स्लाम ,डाउनरिभर रेस, कर्पोरेट ¥याफ्टीङ र बोटर क्रस गरी चार विधामा कार्यक्रम हुने अध्यक्ष नेपालले जानकारी दिए ।
१३ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखीले अनेक विधामा कायकबाट भोटेकोशीमा चर्को प्रतिस्पर्धा गर्नेछन् । ‘दि हिमालयन् ह्वाइट वाटर च्यालेन्जसिप २०१९’ को प्रतिस्पर्धामा प्रथम हुनेले ६० हजार ,द्वितिय ३० हजार र तृतिय २० हजार पुरस्कार पाउनेछन् ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर गरिएको एडभेन्चरमय प्रतियोगितामा विदेशी देखि स्वदेशी दर्शक तानिएको सुकुटे बीच एडभेन्चर रिर्सोटका संञ्चालक महेन्द्रसिह थापाले बताए । भूकम्प अगाडी जिल्लाभर कोसी किनारामा रहेका रिर्सोटमा मात्रै सात लाख पर्यटक आएका थिए ।


क्याटेगोरी : खेलकुद, पर्यटन, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!