बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदडिसिसी गोल्डकप फुलबल हुने

डिसिसी गोल्डकप फुलबल हुने


चौतारा, १० मंसिर ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले यो वर्षदेखि डिसिसी फुलवल प्रतियोगिता आयोजना गर्ने भएको छ । समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले फुलवल खेलाडी उत्पादन तथा विकास गर्न गोल्डकप आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘जिल्लाका १२ स्थानीय तहबीच गोल्डकप खेलाउँदै छौँ,’ सुनौलो बिहानी अभियान चौताराले सदरमुकाममा गरेको खेलाडी प्रोत्साहन कार्यक्रममा समन्वय समिति प्रमुख तामाङ भने । उनले गोल्डकप आयोजना र समग्र प्रतियोगिताको व्यवस्थापन गर्न सुनौलो बिहानीलाई प्रस्तावसमेत गरे । गोल्डकप आयोजना गर्न तयार भए आर्थिक सहयोग समन्वय समितिले गर्ने उनले प्रतिवद्धता जनाए ।
‘जिल्लाका खेलाडीबीच आन्तरिक प्रतिस्पर्धा बढाएर राष्ट्रि«य स्तरकै लिग प्रतियोगिता खेल्न सक्षम बनाउने उद्देश्यले समन्वय समितिले गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो,’ प्रमुख तामाङले प्रष्ट पारे । आर्थिक सहयोग समन्वय समितिले गरे पनि गोल्डकप आयोजनाको व्यवस्थापन स्थानीय क्लबले गर्दा राम्रो हुने उनले सुनाए । प्रतियोगिता सञ्चालनको विधि, समय र पुरस्कार राशीका सम्वन्धमा समन्वय समितिले कार्यविधि नै बनाउने तयारी गरिरहेको तामाङले जानकारी दिए ।
यसै वर्ष मात्र स्थापना भएको संस्थाले गत कात्तिकमा प्रथम नेपाल हिल्फे खुला पुरुष फुटबल प्रतियोगिताको उपविजेता बन्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको थियो । साथै बिहानीले काभ्रेको पाँचखालमा यसै महिनाबाट सञ्चालन हुने फुटबल प्रतियोगितामा भाग लिने आफ्ना खेलाडीलाई विदाइ समेत ग¥यो । सो अवसरमा बिहानीले जिल्लास्तरीय फुटबल खेलाडी राकेश रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरेको थियो ।
‘राष्ट्रिय लिग नै खेल्ने कार्ययोजना साथ खेलाडी तयार गरिरहेका छौँ,’ सुनौलो बिहानीका सचिव सौगात कर्माचार्यले भने । त्यसका लागि स्थानीय खेलाडीलाई संस्थामा आवद्ध गराएर नियमित प्रशिक्षण गराइ राखेको उनले जानकारी दिए । उनका अनुसार सुनौलो बिहानीले यो वर्ष एन्फाले आयोजना गर्ने तल्लो डिभिजनको फुटबल खेल्ने तयारी गरेको छ ।
‘हरेक वर्ष बढुवा हुँदै भविश्यमा माथिल्लो डिभिजन खेल्ने उद्देश्य बोकेको छौँ,’ कर्माचार्यले भने । बिहानीका उपाध्यक्ष विजय ढुंगानाले समग्र खेलकुदका साथै सामाजिक गतिविधिमा भूमिका खेल्ने उद्देश्यसहित स्थानीय युवाहरुको सहभागितामा संस्था बनेको जानकारी दिए । ‘खेल क्षेत्रको विकाससँगै यो संस्थालाई सुशासन र भ्रष्टाचार विरोधी अभियानकै रुपमा अघि बढाउँदै छौँ,’ आगामी कार्यक्रमबारे जानकारी दिँदै उनले भने ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!