बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदफुटबलमा पीपलडाँडा र भलिबलमा इर्खु मावि विजयी

फुटबलमा पीपलडाँडा र भलिबलमा इर्खु मावि विजयी


इर्खु, २५ कात्तिक ।
इर्खुमा भएको प्रथम हिल्फे कप फुटबल प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ पीपलडाँडाले जितेको छ । सोमबार भएको फाइनल खेलमा सुनौलो बिहानी युवा अभियान सी लाई १–० ले हराउँदै उपाधि कब्जा गरेको हो ।
त्यस्तै जिल्लास्तरीय मावि छात्रा भलिबल प्रतियोगिताको उपाधि भने इर्खुमाविले हात पारेको छ । इर्खुले सरस्वती मावि ग्याल्थुमलाई हराएको हो । फुटबल खेलको फाइनलमा पीपलडाँडाका सञ्जय विष्टले गरेको गोल नै निर्णायक बन्यो ।
शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता गरिएको थियो । ईर्खु स्पोर्टस क्लबको आयोजनामा गरिएको प्रतियोगिताको दुबै खेल विधाका विजयीले प्रथम पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक क्लबका अध्यक्ष प्रकाश दंगालका अनुसार प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ प्रदान गरियो । सोसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार प्रदान गरे ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!