गृहपृष्ठ ∕ खेलकुद ∕ प्रथम हिल्फे कप: उपाधिका लागि चौतारा ६ र सुनौलो बिहानी भिड्ने प्रथम हिल्फे कप: उपाधिका लागि चौतारा ६ र सुनौलो बिहानी भिड्ने Sindhu Khabar कात्तिक २३, २०७६ गते १८:२९ मा प्रकाशित इर्खु, २३ कात्तिक । चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित इर्खुमा जारी प्रथम हिल्फे कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं.६ र सुनौलो बिहानी अभियान युवा क्लब सी भिड्ने भएका छन् । शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता अन्तर्गत फुटबलको फाइनलमा सुनौलो बिहानी र चौतारा साँगाचोकगढी नगरपालिका ६ भिड्न लागेका हुन् । सुनौलो बिहानी सी ले मेलचौर युवा क्लब र चौतारा ६ ले सुनौलो बिहानी बीलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि होडमा पुगेका हुन् । हिल्फे कपको मावि स्तरीय छात्रा भलिबल प्रतियोगितामा भने इर्खु मावि र सरस्वती मावि ग्याल्थुमबीच फाइनल प्रतिस्पर्धा हुँदैछ । ईर्खु स्पोर्टस क्लबको आयोजनामा गरिएको प्रतियोगिताको दुबै खेल विधामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । आयोजक क्लबका अध्यक्ष प्रकाश दंगालका अनुसार प्रतियोगितामा दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ पाउनेछन् । सोसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । नेपाल हिल्फे वाइलिङग्रिस जर्मनको सपोर्टमा प्रतियोगिताको सह आयोजक ईर्खु माध्यमिक विद्यालय रहेको छ । जिल्लामा रहेका भलिबल र फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धि गराउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ । क्याटेगोरी : खेलकुद ट्याग : #banner तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा बाह्रबिसेका बिकेश बर्ष पुरूषकाे मनाेनयनमा काेमलमाया-खड्ग बस्नेत स्मृति कप, मेलम्चीको विजयी सुरूवात मन्त्रालयको घेराभित्र मात्रै सीमित हुन्न: मन्त्री लामा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ३यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ४उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे ५चाइनीज नागरिक कुट्ने बुद्धि पक्राउ ६महिनाकै सर्वोत्कृष्ट प्रदेश प्रहरीमा बाह्रबिसेका इन्स्पेक्टर शाह ७फेरि बन्द हुने भयाे ताताेपानी नाका ८दुवै पक्षका नेकपा सिन्धुकाे पदबाट हटाउने-राख्ने हाेड,केपी पक्षकाे संयाेजकमा देउजा