बुधबार, असोज १७, २०८०
गृहपृष्ठखेलकुदसेमिनारमा २९ जनालाई आत्मरक्षा प्रशिक्षण

सेमिनारमा २९ जनालाई आत्मरक्षा प्रशिक्षण


सुकुटे, ९ कात्तिक ।

नेपाल निहोन सेतोकान कराते डो का २९ प्रशिक्षकलाई ३ दिने प्रशिक्षण दिइएको छ । देशभरबाट आएका प्रशिक्षकलाई नेपाल निहोन सेतोकान कराते डो संघका प्रमुख प्रशिक्षक मुना आले मगरले ‘सेमिनार ट्रेनिङ’ दिएकी हुन् । करातेको महत्वपूर्ण आत्मरक्षाको अनेक नया तालिम लिएपछि उत्साहित प्रशिक्षकले बालबालिकालाई सिकाउने प्रतिबद्धता गरेका छन् । ‘विशेष प्रकारको आत्मरक्षा तालिम सिकेर विशेष गरी युवती,बालिकालाई सिकाउने खेलाडी प्रशिक्षकले प्रण लिएका छन्, बढ्दो हिंसा र रक्षाको लागि यसले ठुलो भुमिका खेल्नेछ,’ नेपाल निहोन सेतोकान कराते डो संघ सिन्धुपाल्चोक शाखाका पूर्वअध्यक्ष गोविन्द पाठकले भने ।

उनकानुसार भैसेको रक रिभर रिर्सोटको व्यवस्थापन सहयोगमा सुनकोसी किनारमा महत्वपूर्ण सेमिनार सकिएको हो । प्रदेश न ३ खेलकुद सदस्य सचिव सुर्य भण्डारीले खेलकुदलाई अगाडी बढाउनको लागि योजना बनाउनुपर्नेमा जोड दिए । चौतारा सागाचोकगढी नगरपालिका वडा ९ र १० का अध्यक्ष विष्णु तामाङ ,बेलबहादुर महतले खेलकुद महत्वपुर्ण भएको प्रष्ट्याए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!