Techie IT
Saturday, December 5,2020 / शनिबार, मंसीर २०, २०७७
×
गृहपृष्ठखेलकुदईर्खुमा छात्रा भलिबल र पुरुष फुटबल प्रतियोगिता हुने

ईर्खुमा छात्रा भलिबल र पुरुष फुटबल प्रतियोगिता हुने


ईर्खु, २७ असोज ।
चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित ईर्खुमा जिल्लास्तरीय मावि छात्रा भलिबल र नगरपालिकास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावली २०७६ को अवसरमा प्रथम नेपाल हिल्फे कप भलिबल र फुटबल प्रतियोगिता हुन लागेको हो ।
ईर्खु स्पोर्टस क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको दुबै खेल विधामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । आयोजक क्लबका अध्यक्ष प्रकाश दंगालका अनुसार प्रतियोगितामा दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १२ हजार पाँच सय रुपैयाँ पाउनेछन् । सोसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
नेपाल हिल्फे वाइलिङग्रिस जर्मनको सपोर्टमा प्रतियोगिताको सह आयोजक ईर्खु माध्यमिक विद्यालय रहेको छ । ईर्खु खेल मैदानमा हुने उक्त प्रतियोगिता कात्तिक १५ बाट सुरु हुने आयोजकले जनाएको छ । आयोजक संस्थााका अध्यक्ष दंगालका अनुसार सहभागी हुने टिमले कात्तिक १४ भित्रै टिम दर्ता गराउनेपर्ने छ ।
जिल्लामा रहेका भलिबल र फुटबल खेलाडीहरुको क्षमता अभिवृद्धि गराउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले विश्वास लिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस