गृहपृष्ठ ∕ खेलकुद ∕ कालिकादेवी संस्थापक स्मृति कप ः मेलम्चीलाई उपाधि कालिकादेवी संस्थापक स्मृति कप ः मेलम्चीलाई उपाधि Sindhu Khabar असोज १५, २०७६ गते १८:१७ मा प्रकाशित चौतारा, १५ असोज । सिन्धुपाल्चोक जिल्लामा सर्वाधिक पुरास्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाmे उचालेको छ । आज (बुधबार) भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई सोझो सेटमा हराउँदै मेलम्चीले उपाधि आफ्नो पोल्टामा पारेको हो । फाइनल खेलमा मेलम्चीले चौतारालाई २५–२०, २५–१७ र २५–१३ को सेटमा हराएको थियो । प्रतियोगितामा प्रथम भएको मेलम्चीलाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ नगद जित्यो । त्यस्तै दोस्रो भएको चौतारा साँगाचोकगढी नगरपालिकाले ५५ हजार पाँच सय ५५ रुपैयाँमा चित्त बुझायो । कालिकादेवी मावि कुविण्डेको आयोजनामा भएको स्थानीय तह स्तरीय कालिकादेवी संस्थापक स्मृति कप २०७६ मा इन्द्रावती गाउँपालिकाले तेस्रो स्थान हात पारेको थियो । इन्द्रावतीले हेलम्बु गाउँपालिकालाई पराजित गर्दै तेस्रो भएको हो । इन्द्रावतीलाई २२ हजार दुई सय २२ रुपैयाँ प्रात ग¥यो । विजयीहरुलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमणपत्र प्रदान गरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी मेलम्ची नगरपालिकाका रमेश भट्टराई घोषित भए । विद्यालय स्थापनामा योगदान पु¥याएका संस्थापकहरुको सम्मानमा स्थापित कालिकादेवी संस्थापक स्मृति कप तीन वर्षअघि देखि गरिँदै आएको थियो । अघिल्ला वर्षहरुमा विद्यालय स्तरीय प्रतियोगिता गरिँदै आएकोमा यो पटक स्थानीय तह स्तरीय प्रतियोगिता राखिएको खेल संयोजक राजेश सापकोटाले बताए । जिल्लामा १२ स्थानीय तह रहेपनि यो प्रतियोगितामा नौ स्थानीय तह मध्ये नौ वटाले सहभागिता जनाएको थियो । जिल्लामा रहेका भलिबल खेलाडीलाई प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले जानकारी दिए । यो प्रतियोगिताले जिल्लामा लुकेर रहेका प्रतिभाशाली खेलाडीको पहिचान हुने र उनीहरुलाई राष्ट्रिय स्तरमा प्ुु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रघुसिंले बताए । क्याटेगोरी : खेलकुद ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिन्धुपाल्चोक भर फैलदैं तेक्वान्दो खेल ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’मा सहभागी हुन चाहानुहुन्छ ? यसरी… सेना दिवसमा ‘लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस’ हुने कोमलमाया–खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता : चौतारा सेमिफाइनलमा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे