Techie IT
Sunday, October 25,2020 / आईतबार, कात्तिक ९, २०७७
×
गृहपृष्ठखेलकुदमलेसियामा नेपाली गोजुरियोलाई उत्कृष्ट सफलता, मेलम्चीका सन्देशलाई स्वर्णपदक

मलेसियामा नेपाली गोजुरियोलाई उत्कृष्ट सफलता, मेलम्चीका सन्देशलाई स्वर्णपदक


मेलम्ची, १४ असोज ।
मलेसियामा सम्पन्न विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको छ । सेप्टेम्बर २१ तारीखमा मलेसियाको राजधानी क्वाललम्पुरमा सम्पन्न विश्व गोजुरियो कराँते च्याम्पियनसिपमा नेपालको लागी सन्देश चौधरीले स्वर्ण पदक जितेका छन् । सो प्रतियोगितामा १३÷१४ वर्ष उमेर समूहको ४४ केजीमा चौधरीले स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको अन्य उमेर समुहमा कमल ओलीले रजत पदक तथा निरजरा कुलुङले ९÷१० वर्ष उमेर समूहको ३७ किलो तौल समूहमा रजत पदक जितेकी छन् ।
इन्द्रेश्वरी माध्यामिक बिद्यालय मेलम्चीको कक्षा ९ मा अध्यनरत छात्र चौधरीले प्रतियोगिताको अहिलेसम्मको ५ औँ संस्कण सम्ममा नेपाल गोजुरियो करातेको लागि यो नै पहिलोपटक ऐतिहासिक स्वर्ण पदक दिलाएको प्रशिक्षक राजनमान श्रेष्ठले जानकारी दिए । प्राविधिक शिक्षा अन्तर्गत सिभिल इन्जिनियरिङ बिषयमा कक्षा ९ मा अध्ययनरत आफ्नो विद्यार्थी सन्देश चौधरीले नेपालकै लागी पहिलो स्वर्ण पदक दिलाउन सफल भएकोमा बिद्यालयलाई समेत गौरवान्वित बनाएको प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठले बताए ।
प्रतियोगिता अन्र्तगतनै भएको अन्र्तराष्ट्रिय रेफ्रिको परीक्षामा पेम्बा तामाङ, सिपी घर्ती, सानुबाबु गीरी, प्रकाश चन्द, दीपक लामा, राम कुमार श्रेष्ठ, सानुकाजी नगरकोटी र वीरेन्द्र बहादुर शाही, पुष्प कुमार क्षेत्री, राजनमान श्रोष्ठ र राजु पौडेलले रेफ्रिको परीक्षामा सफल हुनुभएको छ । यो सँगै जिल्लाका प्रशिक्षक राजनमान श्रेष्ठ तथा सानुबाुबु गिरी अन्तराष्ट्रिय रेफ्रि बन्न सफल भएका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस