Techie IT
Wednesday, December 2,2020 / बुधबार, मंसीर १७, २०७७
×
गृहपृष्ठखेलकुदशैक्षिक समृद्धिका लागि बालबालिकाको दौड

शैक्षिक समृद्धिका लागि बालबालिकाको दौड


बाह्रविसे, १४ असोज ।
शैक्षिक समृद्धीको लागि सहयोग जुटाउन बाह्रबिसे नगरपालिका गातीका दुुईसय ३५ बालबालिका दौडिएका छन् । नमस्ते नेपालको समन्वयमा दुर्गम गातीका नौ वटा विद्यालयका बालबालिकाले ‘रन टु स्कुल’ अभियानअन्र्तगत दौड्दै ३ लाख बराबरको रकम संकलन गरे । शैक्षिक उन्नतीको लागि दौड्दै सहयोग जुटाएका बालबालिकाकै अध्यापन क्रियाकलापमा ३ लाख खर्च हुने नमस्ते नेपालका कार्यक्रम संयोजक निमाछिरिङ लामाले बताए ।
जर्मनका चार वटा विद्यालयका बालबालिकाले ‘शिक्षाको दौड ’भन्दै वर्षैपिच्छे एकपटक दौडेर सहयोग संकलन गर्छन् । ‘त्यही सहयोग यह“ाको बालबालिकाको लागि आउने गर्छ,यही सम्झाउन यो दौड गरिएको छ,’उनले भने । एक फेरा पुरा गरेबापत एक सय रुपैया पाउने नियम बालबालिकाबीच राखेर दौड सकाइएको उनले सुनाए ।
‘रन टु स्कुल’ या विद्यालयतर्फ दौड कार्यक्रमले बालबालिकालाई अझै सक्रिय बनाएको शिक्षक बताउ“छन् । अभियानलाई सघाउन व्यवसायी मेघ आलेले २० हजार,बाह्रबिसे वडा ५ र ६ का अध्यक्षले दश ÷दश हजार , नगरकी उपप्रमुख सुशिला पाख्रिनले ५ हजार सहयोग गरिन् । यसबाहेक विभिन्न युवा, क्लब,सामाजिक ,वन समुहदेखि अनेक संस्थाले ‘रन ट’ु स्कुललाई सहयोग गरे । ‘बाह्रबिसे नगरले यसको लागि एक लाख बजेट प्रतिबद्धता गरेको छ, ’लामाले भने ।
२०६३ सालमा स्थापना भएको नमस्ते नेपालले भुकम्पपछि विद्यालय पुनर्निर्माण, शैक्षिक गतिविधिलाई लिएर काम गर्दैआएको छ । बाह्रबिसे नगरक्षेत्रको वडा ६ को ६ वटा माध्यमिक विद्यालयमा २५ जना शिक्षकको ७० प्रतिशत तलब सहयोग गर्दै आएको नमस्ते नेपालले गातीमा स्वास्थ्यकर्मी खटाएको उनले प्रष्ट्याए ।


क्याटेगोरी : खेलकुद, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस