Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठखेलकुदकालिकादेवी संस्थापक स्मृति कप : चौतारा र भोटेकोशी आज भिड्दै

कालिकादेवी संस्थापक स्मृति कप : चौतारा र भोटेकोशी आज भिड्दै


चौतारा, १२ असोज ।

सिन्धुपाल्चोक जिल्लामा सम्भवत :सर्वाधिक पुरास्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा आज चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका बीच भिडन्त हुँदैछ । कालिकादेवी मावि कुविण्डेको आयोजनामा हुन लागेको कालिकादेवी संस्थापक स्मृति कप २०७६ को पहिलो खेलमा यी दुई स्थानीय तह बीच खेल हुने भएको हो ।
आजको दोस्रो खेल इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका बीच हुने छ । त्यस्तै तेस्रो खेल मेलम्ची नगरपालिका र बलेफी गाउँपालिका बीच हुने खेल संयोजक राजेह सापकोटाले जानकारी दिए ।
आजबाट चार दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एघार हजार एक सय एघार रुपैयाँ नगद पाउनेछन्् । नगदसहित ट्रफी, मेडल र प्रमणपत्र प्रदान गरिनेछ । जिल्लाका स्थानीय तह स्तरीय यो प्रतियोगितामा दोस्रो हुनेले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ नगद र तेस्रो हुने टीमले बाइस हजार दुई सय बाइस रुपैयाँ पाउनेछन् ।
विद्यालय स्थापनामा योगदान पु¥याएका संस्थापकहरुको सम्मानमा स्थापित कालिकादेवी संस्थापक स्मृति कप तीन वर्षअघि देखि गरिँदै आएको थियो । अघिल्ला वर्षहरुमा विद्यालय स्तरीय प्रतियोगिता गरिँदै आएकोमा यो पटक स्थानीय तह स्तरीय प्रतियोगिता राखिएको खेल संयोजक सापकोटाले बताए । प्रतियोगिता विद्यालय प्राँगणमै सञ्चालन हुनेछ ।
जिल्लामा १२ स्थानीय तह रहेपनि यो प्रतियोगितामा नौ स्थानीय तहले सहभागिता जनाउने छन् । विद्यालयका अनुसार बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिंसखुपाखर गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । जिल्लामा रहेका भलिबल खेलाडीलाई प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले जानकारी दिए । यो प्रतियोगिताले जिल्लामा लुकेर रहेका प्रतिभाशाली खेलाडीको पहिचान हुने र उनीहरुलाई राष्ट्रिय स्तरमा प्ुु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रघुसिंले बताए ।
आयोजकले प्रतियोगितामा करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सो खर्च चौतारा साँगाचोकगढी नगरपालिका, सोही वडा कार्यालय, विभिन्न संघ संस्था, स्थानीय समाजसेवीलगायतबाट संकलन गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस