बुधबार, चैत्र ५, २०८१
गृहपृष्ठखेलकुदसवाधिक राशीको पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

सवाधिक राशीको पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा


चौतारा, ९ असोज ।

सिन्धुपाल्चोक जिल्लामा सम्भवत ः सर्वाधिक पुरास्कार राशी भएको पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । कालिकादेवी मावि कुविण्डेको आयोजनामा हुन लागेको कालिकादेवी संस्थापक स्मृति कप २०७६ को तयारी पूरा भएको हो ।
आउँदो १२ असोजबाट चार दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एघार हजार एक सय एघार रुपैयाँ नगद पाउनेछन्् । नगदसहित ट्रफी, मेडल र प्रमणपत्र प्रदान गरिनेछ । जिल्लाका स्थानीय तह स्तरीय यो प्रतियोगितामा दोस्रो हुनेले पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ नगद र तेस्रो हुने टीमले बाइस हजार दुई सय बाइस रुपैयाँ पाउने आयोजक विद्यालयका खेल संयोजक राजेश सापकोटाले जानकारी दिए ।
विद्यालय स्थापनामा योगदान पु¥याएका संस्थापककहरुको सम्मानमा स्थापित कालिकादेवी संस्थापक स्मृति कप तीन वर्षअघि देखि गरिँदै आएको थियो । अघिल्ला वर्षहरुमा विद्यालय स्तरीय प्रतियोगिता गरिँदै आएकोमा यो पटक स्थानीय तह स्तरीय प्रतियोगिता राखिएको खेल संयोजक सापकोटाले बताए । प्रतियोगिता विद्यालय प्राँगणमै सञ्चालन हुनेछ ।
जिल्लामा १२ स्थानीय तह रहेपपिन यो प्रतियोगितामा नौ स्थानीय तहले सहभागिता जनाउने छन् । विद्यालयका अनुसार बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिंसखुपाखर गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छैनन् । जिल्लामा रहेका भलिबल खेलाडीलाई प्रोत्साहन गर्दै खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले जानकारी दिए । यो प्रतियोगिताले जिल्लामा लुकेर रहेका प्रतिभाशाली खेलाडीको पहिचान हुने र उनीहरुलाई राष्ट्रिय स्तरमा प्ुु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष रघुसिंले बताए ।
आयोजकले प्रतियोगितामा करिब ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । सो खर्च चौतारा साँगाचोकगढी नगरपालिका, सोही वडा कार्यालय, विभिन्न संघ संस्था, स्थानीय समाजसेवीलगायतबाट संकलन गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!