आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा
दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधिमा एपीएफले कब्जा जमाएको छ । महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपीएफकाका बीचमा प्रतिस्पर्धा भएको थियो । एपिएफ ८७ रनले विजयी भएको छ । महिला क्रिकेटमा दोस्रो प्रदेश नम्बर १ र तेस्रो सुदूरपश्चिम प्रदेश भएको छ ।
टस जितेर प्रदेश नम्बर १ ले बलिङ गरेको थियो । एपीएफले २० ओेभरमा पुरै विकेट गुमाइ १२८ रन बनायो । जसमा ज्योति पाण्डे ४५, सिताराना मगर ४२ रन जोडिन् । बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राईले समान ३/३ विकेट लिइन् ।
प्रदेश नम्बर एक १९.४ ओभरमा अलआउट हुँदै ४१ रनमा समेटिन पुग्यो । रश्मी शर्मा चौलागाई अविजित हुँदै २७ रन जोडिन् । बलिङ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विके लिइन् । प्लेयर अफ द म्याच रिता राना मगर घोषित भइन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस