पहिलो पटक इर्खुमा अन्डर १३ फुटबल प्रतियोगिता

उमेर समूहको अण्डर १३ प्रतियोगिता नगरपालिकाभित्र पहिलो पटक हुन लागेको हो । ‘सिनियर प्रतियोगिता सबैतिर भइरहेका छन् । अहिलेका किशोरहरु नै भविश्यको खेलाडी भएकाले उमेर समूहको प्रतियोगिता आयोजना गरेका हौँ,’ दङ्गालले भने ।
चौतारा–चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगिता सोमबारदेखि इर्खुमा सुरु हुँदै छ ।
इर्खु स्पोर्ट्स क्लवको आयोजनामा चौतारा–८ इुर्खुमा ७ ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
चौतारा नगरमा पहिलो पटक हुन लागेको उमेर समूहको यो प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक क्लवका अध्यक्ष प्रकाश दङ्गालले जानकारी दिए ।
उनका अनुसार नगरभित्रका विभिन्न १६ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो दिन सोमबार विभिन्न सात खेल सञ्चालन हुने छन् ।
प्रतियोगिता तीन दिन चल्ने छ । प्रतियोगिता इर्खु खेल मैदानमा सञ्चालन हुने छ । इर्खु मावि सहआयोजक रहेको प्रतियोगिताको प्रायोजन वडा नं. ८ ले गरेको छ ।
प्रतिभा पहिचान तथा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले इर्खु स्पोटर््स क्लवले वर्षेनी फुटवल, भलिवल लगायत प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छ । त्यस्ते उपविजेताले नगद ५ हजार रुपैयाँ पुरस्कार हात पार्ने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारको व्यवस्था आयोजकले गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडमिल्डर र गोलकिपरलाई ट्रफीको साथमा विशेष पुरस्कार प्रदान गरिने अध्यक्ष दङ्गालले जनाए ।
उनका अनुसार उमेर समूहको अण्डर १३ प्रतियोगिता नगरपालिकाभित्र पहिलो पटक हुन लागेको हो । ‘सिनियर प्रतियोगिता सबैतिर भइरहेका छन् । अहिलेका किशोरहरु नै भविश्यको खेलाडी भएकाले उमेर समूहको प्रतियोगिता आयोजना गरेका हौँ,’ दङ्गालले भने ।
उमेर समूहको प्रतियोगिताले खेलाडी प्रतिभा पहिचान गर्नसमेत सहयोग पु¥याउने अध्यक्ष दङ्गालको भनाइ छ । प्रतियोगिता बुधबारसम्म चल्ने छ ।
हेर्नुहाेस् खेल तालिका :
तपाईको प्रतिक्रिया दिनुहोस