बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठखेलकुदराष्ट्रपति रनिङशिल्ड : सुनकोसीमा सेतीदेवी शारदा च्याम्पियन

राष्ट्रपति रनिङशिल्ड : सुनकोसीमा सेतीदेवी शारदा च्याम्पियन


लामोसाँघु– सुनकोसी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सेतीदेवी शारदा मावि लामोसाँघु च्याम्पियन बनेको छ ।

दुई दिन चलेको प्रतियोगितामा सहभागी विद्यालयमध्ये सबैभन्दा बढी स्वर्ण पदक जित्दै सेतीदेवी शारदा च्याम्पियन बनेको हो । प्रतियोगिताको विजेता बन्ने क्रममा सेतीदेवी शारदाले १२ स्वर्ण जितेको थियो ।

६ स्वर्ण जितेर महेन्द्रोदय मावि पार्टीडाँडा दोस्रो भयो । चार स्वर्ण जितेको बाघभैरव मावि ठोकर्पाले तेस्रो स्थान हाँसिल गर्यो ।

गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,उपाध्यक्ष कान्छी लामा, प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल, पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतले विजेता विद्यालय तथा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरे ।

सुनकोसी गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा प्रतियोगिता लामोसाँघुस्थित खेल मैदानमा आइतबार र सोमबार सञ्चालन भएको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जिल्ला स्तरीय प्रतियोगितामा छनोट भएका छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!