सुनकोसीस्तरीय राष्ट्रपति रनिङशिल्ड सुरु

लामाेसाँघु–सुनकोसी गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबार सुरु भएको छ ।
दुई दिन चल्ने प्रतियोगिताको सुनकोसी गाउँ पालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना ले उद्घाटन गरे ।
लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुने छ । प्रतियोगिताको च्याम्पियन, दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफी तथा विजयी विद्यार्थीले पदम र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
पालिकोका शिक्षा तथा खेलकुद विकास शाखाद्धारा आयोजित प्रतियोगितामा छात्र/छात्रा दुबैको लागि भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्डो लगायत प्रतिस्पर्धामा विभिन्न स्पर्धा समावेश गरिएको छ ।
प्रतियाेगितामा पालिकाभित्रका विभिन्न ११ माध्यामिक विद्यालयले प्रितस्पर्धा गरिरहेका छन् ।
क्याटेगोरी : खेलकुद
तपाईको प्रतिक्रिया दिनुहोस