बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठखेलकुदभोटेकोसीस्तरीय राष्ट्रपति रनिङशिल्ड झीर्पु माविलाई

भोटेकोसीस्तरीय राष्ट्रपति रनिङशिल्ड झीर्पु माविलाई


तातोपानी–भोटेकोसी गाउँपालिकास्तरीय पाँचाैँ राष्ट्रपति रनिङशिल्ड झीर्पु माविले जितेको छ ।

तीन दिन चलेको प्रतियोगितामा ११ वटा स्वर्ण पदक जम्मा गर्दै झीर्पुले उपाधि हात पारेको हो । च्याम्पियन बन्ने क्रममा झीर्पुले सहभागी विद्यालयमध्ये सबैभन्दा बढी स्वर्ण पदक बटुलेको थियो ।

कोदारी मावि तातोपानी उपविजेता बन्यो । कोदारीले नौ स्वर्ण जितेको थियो । सात स्वर्ण हात पार्दै भीमसेन माविले तेस्रो स्थान प्राप्त गरेको छ ।

बुधबारदेखि शुक्रबारसम्म चलेको प्रतियोगितामा भोटेकोसीभित्रका ६ विद्यालयले भाग लिएका थिए ।

गाउँपालिका अध्यक्ष पासाङनुर्बु शेर्पाले विजयी विद्यालय तथा विद्यार्थी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!