बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठखेलकुदबालशिक्षाले जित्यो बलेफीस्तरीय राष्ट्रपति रनिङशिल्ड

बालशिक्षाले जित्यो बलेफीस्तरीय राष्ट्रपति रनिङशिल्ड


खाडिचौर–बालशिक्षा मावि खाडिचौरले बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड जितेको छ ।

दुई दिन चलेको प्रतियोगितामा २८ स्वर्ण पदक बटुल्दै बालशिक्षाले उपाधि जितेको हो । प्रतियोगितामा सहभागी विद्यालयमध्ये बालशिक्षाले सबैभन्दा धेरै स्वर्ण जितेको थियो ।

११ स्वर्ण पदक जितेर आनन्द मावि जलवीरे दोस्रो भयो । चार स्वर्ण जितेको सरस्वती माविले तेस्रो स्थान हाँसिल ग¥यो ।

च्याम्यिन बालशिक्षाले १५ हजार रुपैयाँ नगद पुरस्कार हात पर्दा दोस्रो स्थान हाँसिल गरेको आनन्दले १० र तेस्रो भएको सरस्वतीले ९ हजार पुरस्कार प्राप्त गरे ।

प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद माधव सापकोटा, प्रदेश सांसद अमृता नेपाल र बलेफी गाउँपालिका अध्यक्ष गंगा तामाङले बिजेता विद्यालय तथा विद्यार्थी खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए ।

गाउँ खेलकुद विकास समितिले आयोजना गरेका प्रतियोगितामा बलेफीभित्रका ११ माविले प्रतिस्पर्धा गरेका थिए । सहभागी सबै विद्यालयलाई गाउँपालिकाले ३ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!