बलेफीमा राष्ट्रपति रनिङशिल्ड सुरु

बलेफी–बलेफी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सोमबार सुरु भएको छ ।
खाडिचौरस्थित बालशिक्षा माविमा सुरु प्रतियोगिताको गाउँपालिका अध्यक्ष गंगा तामाङ (प्रवेश)ले उद्घाटन गरेका छन् ।
गाउँपालिका स्तरीय प्रतियोगितामा पालिकाभित्रका ११ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको तेक्वाण्डो, कराँते, उसु, एथलेटिक्स, कबड्डी र भलिबल विधा समावशे गरिएको छ । ती विधाका विभिन्न स्पर्धामा छात्र/छात्राले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंगलबार सम्पन्न हुने प्रतियोगिताको च्याम्पियन तथा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले ट्रफीसहित नगद १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । बिजयी विद्यार्थीले मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
प्रतियोगितामा सहभागी प्रत्येक विद्यालयलाई नगद ३ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार पाउने आयोजक गाउँ खेलकुद विकास समितिले जनाएको छ ।
क्याटेगोरी : खेलकुद
तपाईको प्रतिक्रिया दिनुहोस