बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठखेलकुदइर्खु मावि बन्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको नयाँ च्याम्पियन

इर्खु मावि बन्यो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको नयाँ च्याम्पियन


साँगाचाेक-चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा इर्खु मावि, इर्खु च्याम्पियन बनेको छ ।

साँगाचोकमा आइतबार सम्पन्न प्रतियोगितामा कुल १८ वटा स्वर्ण पदक जित्दै इर्खु बिजेता बनेको हो । प्रतियोगितामा समावेश गरिएका विभिन्न स्पर्धामा इर्खुले सहभागी विद्यालयमध्ये सबैभन्दा धेरै स्वर्ण पदक बटुलेको थियो ।

धेरै स्वर्ण हात पार्ने क्रममा इर्खुले उसु तथा एथलेटिक्स छात्र र छात्रा दुबै स्पर्धामा प्रथम स्थान हाँसिल गरेको थियो । प्रतियोगिताको पाँचौँ संस्करणसम्म आइपुग्दा बलिया विद्यालयको दबदबा चिर्दै रनिङशिल्डले इर्खुलाई नयाँ च्याम्पियन पाएको हो ।

१४ स्वर्णपदकसहित कृष्ण रत्नगंगा मावि चौतारा दोस्रो भयो । रत्नगंगा साविक बिजेता थियो ।

सेतीदेवी मावि ठूलोसिरुवारीले प्रतियोगितामा तेस्रो स्थान हाँसिल ग¥यो । सेतीदेवीले पाँच स्वर्ण पदक जम्मा गरेको छ ।

प्रतियोगिताको तेक्वाण्डो बिधातर्फ कृष्ण रत्नगंगा, करातेतर्फ सेतीदेवी, छात्र भलिबलमा कृष्ण रत्नगंगा, छात्रा भलिबलमा सिद्धिगणेश मावि सानोसिरुवारी, कबड्डी छात्रतर्फ जनजागृति मावि साँगाचोक तथा छात्रा कबड्डीतर्फ साँगाचोककै जनविकास मावि बिजेता बनेका छन् ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १५, १२ र ९ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । त्यस्तै बिधागत बिजेता विद्यालयले ट्रफी पाउँदा प्रत्येक स्पर्धामा पहिलो, दाेस्रो र तेस्रो हुने विद्यालयले मेडल तथा प्रमाणपत्र पाए ।

चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले बिजेता विद्यालय र विद्यार्थीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् ।

नगर खेलकुद विकास समितिको आयोजनामा तीन दिन चलेको प्रतियोगितामा नगरभित्रका २१ विद्यालयका झण्डै साढे ७ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!