मंगलबार, माघ १७, २०७९
गृहपृष्ठखेलकुदनगरस्तरीय अन्तर मावि फुटबल : काे–को पुगे सेमिफाइनलमा ?

नगरस्तरीय अन्तर मावि फुटबल : काे–को पुगे सेमिफाइनलमा ?


सेमिफाइनलका  खेल साेमबार बिहान साढे ८ र १० बजे तथा फाइनल प्रतिस्पर्धा दिउँसो ३ बजे हुने


मेलचौर–प्रथम चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय अन्तर मावि ७ ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरस्थित दरवारडाँडा मैदानमा आइतबार भएका क्वाटर फाइनलका खेल जित्दै विभिन्न चार टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

सेतीदेवी मावि स्याउले, कृष्ण रत्नगंगा मावि चौतारा, जुगल बोर्डिङ हाई स्कुल चौतारा र ज्ञान मन्दिर नमुना मावि मेलचौर प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन् ।

दिनको पहिलो क्वाटर फाइनल खेलमा सेतीदेवी स्याउले जनजागृति मावि साँगाचोकलाई २–० ले हराउँदा दोस्रो खेलमा कृष्ण रत्नगंगाले सेतीदेवी मावि ठूलोसिरुवारीलाई २–१ गोल अन्तरले पराजित गर्यो ।

तेस्रो क्वाटर फाइनलमा जुगल बोर्डिङले सद्धिकमलादेवी मावि पीलडाँडालाई १–० ले स्तब्ध पार्यो । अन्तिम खेलमा सेतीदेवी पन्चकन्या मावि कुविण्डेलाई पेनाल्टी सुटआउटमा २–४ ले पन्छाउँदै ज्ञानमन्दिर भाग्यमानी ठहरियो । निर्धारित समयको खेल दुबै विद्यालयले गोलरहित बराबरीमा खेलेका थिए ।

सेमिफाइनलका खेल सोमबार बिहान हुने छन् । फाइनलमा स्थान बनाउन जुगल बोर्डिङ र सेतीदेवी स्याउले भिड्दा कृष्ण रत्नगंगा र ज्ञानमन्दिरबीच प्रतिस्पर्धा हुने छ । विजेता दुई विद्यालयबीच उपाधि भिडन्त हुने छ ।

सेमिफाइनलका खेल बिहान साढे ८ र १० बजे तथा फाइनल प्रतिस्पर्धा दिउँसो ३ बजे हुने प्रतियोगिताको आयोजक चौतारा स्पोर्टिङ क्लवले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेता टोलीले १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ट्रफीको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!