बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठखेलकुदपहिलो दिन ६ विद्यालयलाई सफलता

पहिलो दिन ६ विद्यालयलाई सफलता


मेलचौर–प्रथम चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय अन्तर मावि ७ ए साइड फुटबल प्रतियोगिताको पहिलो दिन शनिबार विभिन्न ६ विद्यालयले विजयी सुरुवात गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरस्थित दरबारडाँडा मैदानमा भएको खेलमा जनजागृति मावि साँगाचोक, सेतीदेवी मावि ठूलोसिरुवारी, सेतीदेवी मावि स्याउले, कृष्ण रत्नगंगा मावि चौतारा, सिद्धिकमलादेवी मावि पीपलडाँडा र ज्ञानमन्दिर नमुना मावि मेलचौरले आ–आफ्ना प्रतिस्पर्धी विद्यालयलाई हराउँदै जित निकालेका हुन् ।

जनजागृतिले इर्खु मावि इर्खुलाई १–०, सेतीदेवीले जनविकास मावि साँगाचोकलाई २–१, सेतीदेवी स्याउलेले कालिकादेवी मावि देउराली १–० गोलले हरायो ।

त्यस्तैकृष्ण रत्नगंगाले कुण्डलादेवी मावि ठूलोसिरुवारीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो । यसअघि निर्धातिर समयको खेल दुबैले १–१ गोलको बराबरी खेलेका थिए ।

सिद्धिकमलाले रामदेवी मावि हर्रेलाई ६–० गोलको लज्जास्पद हार चखायो । ज्ञानमन्दिरले कालीदेवी मावि कदमबासलाई ३–० गोलले पराजित ग¥यो ।

चौतारा स्पोर्टिङ क्लवको आयोजना र जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापाले उद्घाटन गरिन् । प्रतियोगितामा नगरभित्रका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थी खेलाडी समेटेर १६ विद्यालयले भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेता टोलीले १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ट्रफीको व्यवस्था गरिएको छ । प्रतियोगिता सोमबारसम्म चल्ने छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!