चौतारा नगरस्तरीय अन्तर मावि फुटवल हुँदै

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेता टोलीले १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् ।
चौतारा–चौतारा नगरपालिकास्तरीय अन्तर मावि फुटबल प्रतियोगिता हुने भएको छ ।
चौतारा स्पोर्टिङ क्लवको आयोजनामा आगामी माघ ६ गतेदेखि उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
मेलचौरस्थित दरवारडाँडा खेल मैदानमा हुने प्रतियोगिताको नाम चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय अन्तर मावि ७–ए साइड फुटबल दिइएको छ ।
माघ ८ गतेसम्म तीन दिन प्रतियोगिता चल्ने छ । प्रतियोगितामा नगरभित्रका मावि (कक्षा १० सम्मका विद्यार्थी) ले भाग लिन पाउने आयोजक स्पोर्टिङ क्लवले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेता टोलीले १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । प्रतियोगिताको अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई ट्रफीको व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार सुरुवाती चरणका खेलहरु २५÷२५ मिनेट समयको हुने छ भने फाइनल खेल ३०÷३० मिनेट गरी एक घण्टा खेलाइने छ । प्रतियोगितामा भाग लिन चाहने विद्यालयले माघ ४ गते अपराह्न ४ बजेसम्म टिम दर्ता गर्न सकिने आयोजक क्लवका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस