बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठखेलकुदसिन्धुपाल्चोकका दुई करातें प्रशिक्षकलाई अन्तराष्ट्रिय कोचको मान्यता

सिन्धुपाल्चोकका दुई करातें प्रशिक्षकलाई अन्तराष्ट्रिय कोचको मान्यता


सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका २ करातेँ खेलाडिले अन्तराष्ट्रिय करातेँ प्रशिक्षक तथा कोचको अनुमती प्राप्त गरेका छन् ।

विश्व करातेँ महासघंले सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका सानुबाबु गिरी र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राजनमान श्रेष्ठ लाई अन्तराष्ट्रिय कोच तथा प्रशिक्षकको लाइसेन्स प्रदान गरेको हो ।

दुवैमा यहि कार्तिक २८ गते भएको प्रतिस्पर्धामा सिन्धुपाल्चोकका २ जनाले अन्तराष्ट्रिय कोच तथा प्रशिक्षकको अनुमती पत्र तथा प्रमाणपत्र प्राप्त गरेका हुन् ।

लामो समय नेपालमा करातें क्षेत्रमा योगदान पुर्याउदै आउुनभएका सानुबाबु गिरीले अन्तराष्ट्रिय प्रशिक्षकको अनुमती पाएकोमा खुशि लागेको बताउनुभयो ।

नेपाल गोजुरीयो कराते सघंका केन्द्रिय सचिव समेत रहनुभएका गिरीले आउदो दिनमा अझै उत्साहका साथ खेल क्षेत्रमा लाग्ने हौषला मिलेको बताउनुभयो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!