शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदपाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ र तामाङलाई

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ र तामाङलाई


पाँचपोखरी- चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधी सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् । उपाधी संगै उनले नगद ५० हजार हात पारेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६०० मिटरमा रहेको रैथानेपोखरी सम्म आज भएको प्रतियोगितामा कुलुङले निर्धारीत २१.५ कि.मि. दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भएका हुन् । दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन् । चौथो र पाचौ स्थान हासिल गर्ने अर्जुन कुलुङ र तीर्थ तामाङले नगद १० हजार र ५ हजार जितेका छन् ।

महिला तर्फ धादिङका रसिला तामाङ पहिलो भएकी छन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरीन् । उपाधी संगै उनले नगद ५० हजार जितिन् । सिन्धुपाल्चोकका नितु तामाङले निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्ड मा दौड पुरा गर्दै दोश्रो स्थान प्राप्त गरीन । तेश्रो, चौँथो र पाँचौ स्थान क्रमश संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारीन् । उनीहरुले नगद ३० हजार, २० हजार, १० हजार र ५ हजार हात पारेका छन् ।

त्यस्तै प्रतियोगितामा सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारे पुरुषतर्फ १५ हजार र महिला तर्फले १० हजार पुरस्कार जिते । भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन । उनीहरुले समान १० हजार पुरस्कार जिते । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!