शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदचौथो पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता कार्तिक २७ गते हुने

चौथो पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता कार्तिक २७ गते हुने


सिन्धुपाल्चोक, कार्तिक १२ । कोरोना महामारिका कारण यसअघी स्थगित भएको चौथो पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता कार्तिक २७ गते हुने निश्चित् भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले संयुक्त रुपमा म्याराथन आयोजना गर्न लागेका हुन् । खेल तालिका अनुसार, पाँचपोखरी देखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा पाँचपोखरी ग्रेटर हाफ म्याराथन २०२१ आयोजना हुँदैछ ।

विहिवार आयोजीत पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार, पुरुष तथा महिलातर्फका विजेताले जनही नगद ५० हजार पाउने छन् । त्यसैगरी पुरुष तथा महिलातर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । भेट्रान्सतर्फ शीर्ष तीन स्थान हात पार्ने धावकहरु क्रमश १० हजार, ८ हजार र ५ हजारबाट पुरस्कृत हुनेछन् । सहभागी सबैलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले सिन्धुपाल्चोक जिल्लाका लागि २५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने छ । जिल्ला बाहिरका सहभागीले ३५ सय र विदेशी खेलाडीका लागि ८० डलर दर्ता शुल्क तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले कात्तिक १९ गतेसम्म दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगितामा विभागीय टोली तथा व्यक्तिगत गरी करिब १ सय ५५ जनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । प्रतियोगिताका लागि करिब २१ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको छ ।

पाँच पोखरी विश्वकै अग्लो ताल मध्ये नवौं स्थानमा पर्छ । पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको पाँच पोखरीबाट हिमालय रेञ्ज पनि देखिन्छ । पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुख टासी लामाले यस प्रतियोगिताबाट पर्यटन प्रवद्र्धन गर्नका लागि सहयोग पुग्ने बताए ।

यस्ता प्रतियोगिताले पाँच पोखरी थाङपाल भेगका स्थानीयको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने खेलकुद विकास समिति पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी शेर्पाको भनाई छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!