शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदएएफसी यू-२३ एसियन कप छनोट: नेपाल समूह चरणबाटै बाहिरियो

एएफसी यू-२३ एसियन कप छनोट: नेपाल समूह चरणबाटै बाहिरियो


कार्तिक १२, एजेन्सी । नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो। ताजकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले एक एक गोल गरे।

ताजिकिस्तान यो लगातार दोस्रो जित हो। पहिलो खेलमा ताजकिस्तानले लेबनानलाई हराएको थियो।

अब नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आइतबार खेल्नेछ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!