शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदबाह्रबिसे युथ म्याराथनको उपाधि सिद्धार्थ र सपनाको पोल्टामा

बाह्रबिसे युथ म्याराथनको उपाधि सिद्धार्थ र सपनाको पोल्टामा


बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसेमा सम्पन्न ‘बाह्रबिसे युथ म्याराथन २०७८’ को उपाधी वडा नम्बर ४ का सिद्धार्थ तामाङले जितेका छन् । बाह्रबिसे नगरको बाह्रबिसे हुँदै कल्लेरीसम्मको ४किलोमिटर दुरी उनले २० मिनेट ४ सेकेण्डमा पुरा गर्दै २४ हजार सहित ट्रफी मेडल हात पारेका हुन् ।
यस्तै बाह्रबिसे नगरकै विशाल भुजेलले २ दशमलव १ मिनेट ३४ सेकेण्डमा निर्धारित दौड पुरा गर्दै १८ हजार नगद, ट्रफी मेडल लिएर दोश्रो स्थान हाँसिल गरे ।

२२ मिनेट ५४ सेकेण्डमा दौड पूरा गरेका बाह्रबिसे कै एटिप श्रेष्ठ तृतीयभएका छन् । उनले नगद १२ हजार र ट्रफी मेडल पुरस्कार पाए । निर्धारित दुरी १६ मिनेट ४ सेकेण्डमा दौड सक्दै बाह्रबिसेकै सपना बस्नेतले महिलातर्फ नगद २० हजार नगद सहितको उपाधी जितेकी छन् ।

यस्तै १७ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गरेर द्वितिय भएकी जानु घिसिङले नगद १३ हजार तथा सुजिता तामाङले १७ मिनेट ४६ सेकेण्डमा दौड पुरा गरेर तेश्रो स्थान हासिल गर्दै नौ हजार प्राप्त गरिन् । प्रतियोगीतामा चौथौ र पाँचौ भएका सहभागीलाई पनि सो अवसरमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बाह्रबिसे नगर वडा नम्बर ४ को आयोजनामा सम्पन्न ‘बाह्रबिसे युथ म्याराथन २०७८’ का बिजेतालाई पूर्वमन्त्री एवं नेपाली कांग्रेसको युवा तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले नगद सहित मेडल प्रदान गरेका थिए ।

सो अवसरमा नेता बस्नेतले खेलकुद क्षेत्रमा आफूले प्राथमिकतामा राखेर काम गरेको बताए । प्रतियोगीताका बिजयीहरुलाई पूर्वमन्त्री बस्नेत, काँग्रेस महाधिबेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, तरुण दलका केन्द्रीय सदस्य पासाङ नोर्बु शेर्पा, बाह्रबिसे नगरसभापति रेशम तामाङ बलेफी गाउँपालिका–८ का इकाई सभापति सुवास तिमल्सिना, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कोषाध्यक्ष उमेशलाल प्रधान लगायतले पुरस्कार बितरण गरेका थिए ।

सोही कार्यक्रम पछि उक्त वडा कार्यालयले सुनकोशी नदीमा १० हजार माछाका भूरा छाडेको बाह्रबिसे नगरपालिका–४ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् । बिभिन्न हाइड्रोपावर र बिद्युत लगाएर नदीको माछा संकटमा परेपछि असला माछा ल्याएर नदीमा हालिएको हो ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!