शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठखेलकुदफिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो


कार्तिक ५ । पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ ।

बिहीबार अवेर फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८औं रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौं पटक साफ च्याम्पियन भारत १०३ औं स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६ औं स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६ औं सहित चौथो स्थानमा छ ।

यस्तै, १८७औं स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौं स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७औं स्थानमा छ । साफमा सुधारिएको देखिएको श्रीलंका २०४औं स्थानमा छ । फिफाको नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम छ ।

यस्तै, ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौँमा इंग्ल्यान्ड रहेका छन् । यता, कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना छैटौं स्थानमा रहँदा स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा छन् ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!