आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदपुरूष डबल्स ब्याडमिन्टनमा रमेश र प्रकाशकाे जाेडि प्रथम

पुरूष डबल्स ब्याडमिन्टनमा रमेश र प्रकाशकाे जाेडि प्रथम


मेलम्ची
सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडी पहिलो भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका ४को आयोजनामा थाङ्पालककोटमा सम्पन्न प्रतियोगितामा मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि दोस्रो भएको छ । त्यस्तै तेस्रो खाडीचौरका अजय तामाङ लामा र अमृत तेस्राे भए ।
प्रतियोगितामा पहिलोहुनेले ३० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे। दोश्रो र तेश्रो हुनेले क्रमशः नगद २० हजार र १० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेता लाई गाँउपालिका अध्यक्ष टासी लामा र ४ न वडा अध्यक्ष राम ब थोकरले पुरस्कार बितरण गरे । प्रतियोगितामा १९ टिम सहमागी रहेका थिए ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समिति र ब्याडमिन्टन संघसँगको सहकार्यमा ब्याडमिन्टन खेलको विकास र ब्याडमिन्टन खेलाडी उत्पादनमा सहयोग पुर्र्याउने उदेश्यले प्रतियोगिता गरिएको खेलका आयोजकका बाबुलाल तामाङले बताए ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!