आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी कप सुनाैलाे बिहानीकाे पाेल्टामा

मालिकादेवी कप सुनाैलाे बिहानीकाे पाेल्टामा


मेलचाैर । चाैतारा साँगाचाेकगढी नगरपालिका ७ मेलचाैरमा भएकाे प्रथम मालिकादेवी सेभेन ए साईड फुटबल प्रतियाेगिताकाे उपाधि सुनाैलाे बिहानी अभियानले चुमेकाे छ । अभियानले चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ लाई हराउँदै उपाधि हात पारेकाे हाे ।
आज भएकाे फाईनल खेलमा निर्धारित समयमा गोल हुन नसक्दा सडेन थेथबाट सुनौलो बिहानी अभियान ले वडा नम्बर ६ लाई १-० अन्तरले जित हासिल गरेको हाे । म्यान अफ दि म्याच सुनौलो अभियानका गोल रक्षक स्वर्णिम श्रेष्ठ घोषित भए।
बिजेता सुनाैलाे बिहानीले नगद ६० हजार प्राप्त गर्याे । उपबिजेता पीपलडाँडाले ४० हजारमै चित्त बुझायाे ।
प्रतियाेगितामा विभिन्न ६ वटा विधामा उत्कृष्ट खेलाडिहरुलाई ट्रफि र २५०० पुरस्कार प्रदान गरियो ।
उत्कृष्ट डिफेन्समा सुनौलो विहानी अभियानका भिमबहादुर गुरुङ, उत्कृष्ट गोलरक्षकमा लिल फङ घले समाजका सुशान्त दुलाल, उत्कृष्ट मिड फिल्डर मा वडा नम्बर ६ का विशाल जङ रायमाझी, उत्कृष्ट प्रशिक्षक मा सुनौलो बिहानी अभियानका उमेश घले,
सर्वाधिक गोलकर्तामा जल्किने युथ क्लवका सृजन बोगटी र प्रतियाेगिताकाे उत्कृष्ट खेलाडि पीपलडाँडाका संजय विष्ट घाेषित भए ।
तृतीय स्थान लिल फङ घले समाजले हात पारेको छ। लिल फङले काभ्रे जुनियर बोइजलाई १-० गोल अन्तरले पराजित गरेको छ। लिल फङका लागि उमेश तामाङले एकमात्र गोल गरे। म्यान अफ दि म्याच लिलफङका गोलकिप्पर सुशान्त दुलाल घोषित भए ।
मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!